
भोजपुर टक्सार शाक्य समाज, ललितपुर
भोजपुर टक्सर शाक्य समाजको वेबसाइटमा स्वागत छ। हामी बौद्ध धर्मको अभ्यास र शिक्षामा आफ्नो जीवन समर्पित गर्ने भिक्षु, भिक्षुणी, नौसिखिया र समर्थकहरूको समुदाय पाउँदा भाग्यमानी छौं। वर्षभरि, हामी बौद्ध धर्म र सजगताको बारेमा तपाईंको बुझाइलाई गहिरो बनाउन डिजाइन गरिएका विभिन्न कार्यक्रमहरू, रिट्रीटहरू र कार्यशालाहरू आयोजना गर्छौं। हाम्रो अभ्यासको केन्द्रबिन्दु बौद्ध ध्यान हो।पूर्व ४ नं. भोजपुरमा वि.सं. १८७२ सालमा तत्कालीन श्री ५ गिर्वाणयुद्ध विक्रम शाहको पालामा प्रधानमन्त्री भीमसेन थापाको आदेशअनुसार तामाको ढ्याके पैसा छाप्नको लागि काठमाडौं उपत्यकाबाट विशेष गरी पाटनबाट नेवारहरूलाई कालीगढको रूपमा भोजपुर लिएर गएको पाइन्छ । नेवारहरू प्रायः समूहमा आफन्तहरू मिलेर बस्न रूचाउने हुनाले पहाडको वातावरण, हावापानी, उब्जाउ भूमि आदिबाट प्रभावित भएर सबैले आ–आफ्नो क्षेत्रमा दखल भएका आफन्तहरूलाई समेत लगेर कालान्तरमा नेवारहरूको ठुलै वस्ती बसालेर आफ्नो धर्म, संँस्कृति, भाषालाई संरक्षण गर्नुको साथै प्रचार प्रसार गर्दै आइरहे ।
सयौं वर्षसम्मको त्यहाँ बसोवास गर्ने क्रममा नेवार समुदायहरूले उक्त टक्सार बजारलाई हस्तकला उद्योग तथा आफ्नो संस्कृतिको क्षेत्रमा दोश्रो पाटन सहरका रूपमा नै ख्याति पाउन सफल भएको थियो । समयको क्रमसँगै देशमा वि.सं. २००७ सालको राजनीतिक परिवर्तनपछि जनतामा आउन थालेको शिक्षा प्राप्तिको चेतनामा अभिवृद्धि भएर विद्यालय स्तरको अध्ययन स्थानीय विद्यालयहरूमा पूरा भएपछि उच्च शिक्षा अध्ययनको लागि युवाहरू विशेषतः राजधानीतर्फ आउने क्रम हुन थाल्यो । उच्च शिक्षा अध्ययन पूरा गरेका युवाहरू रोजगारको सिलसिलामा सरकारी सेवामा प्रवेश गर्ने क्रममा वि.सं. २०२०÷२०२२ सालतिर उपत्यकामा अस्थायी रूपमा आएर डेरा जमाएर बस्ने क्रम सुरू भयो । आफ्नो पुख्र्यौली ठाउँ व्यक्तिगत रूपमा, कोहीले पुख्र्यौली बहालहरूको खोजी गरी सम्पर्क बढाउन थालेपछि उपत्यका अझ बढी आकर्षित हुँदै गएको देखिन्छ । टक्सारमा उच्च शिक्षा अध्ययनको अभाव, बाहिर गएर अध्ययन गरी आएकाहरूका लागि रोजगारीको समस्या, पहाडी जिल्लाहरूमा यातायातको असुविधा, परंम्परागत रूपमा घरगृहस्थीमा प्रयोग तथा प्रचलनमा रहेको भाडावर्तनको प्रयोग बिस्तारै ल्पाष्टिक, स्टिल र आल्मुनियमको सामानहरूले लिन थालेपछि टक्सार वासीहरूलाई दैनिक जीवनको समस्याले पिरोलिन थाल्यो र वि.सं. २०३०÷४० तिर त्यहाँका धेरै परिवार बाहिरिने क्रममा धरान, विराटनगर, उर्लाबारी र झापामा गए भने करिब ६० परिवारहरूको परिवार उपत्यकामा स्थायी वा अस्थायी रूपमा बसोवास गर्न आइ पुगे । उपत्यकामा छरिएर रहेका उनीहरूले विशेषतः मर्दा र पर्दा सामाजिक विधि व्यवहारहरू संचालन गर्नका लागि विभिन्न कठिनाइहरूको सामना गर्नुपर्ने महसुस हुन आएकोले एउटा संगठित संस्था गठन गर्नुपर्ने आवश्यकता ठानियो ।
(१) बुद्धधर्ममा आस्था एवं श्रद्धा राख्नेको जन्मदेखि मृत्युपर्यन्तमा गरिने सामाजिक विधि व्यवहार शुद्ध बौद्ध परंपराअनुसार आ–आफू नै सक्षम भै कार्यक्रमहरू सम्पन्न गर्ने ।
(२) मितव्ययितालाई ख्याल राखी आफ्नो परंम्परागत संस्कृतिलाई पनि समायानुसार परिमार्जित र व्यावहारिक बनाउने ।
(३) सकल सदस्यहरू साथै विभिन्न गाउँ ठाउँका बौद्ध समुदायसँग समेत पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्ध अभिवृद्धि गर्दै कल्याणकारी समाज बनाउने ।
(४) मुनाफारहित जनहितकारी संस्था हुने ।
(५) सदस्यहरूको जीवनमा आइपर्ने जन्मदेखि मरणसम्मका विभिन्न आपत्विपत्मा सहयोग गर्ने ।
(६) बौद्ध धर्मअनुसार पालना गर्दै आएका धार्मिक, साँस्कृतिक र सामाजिक कार्यहरूलाई जीवन्त राखी सदस्यहरूमा आइपर्ने समस्यामा तन, मन र धनले सहयोग गर्ने ।
क.प्रचलित नेपाल कानुनबमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी मात्र उपरोक्त उद्देश्य कार्यान्वयन गर्नेछ ।
ख.संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिनेछ र कम्प्युटर, टेलिफोन, टाइपराइटर फ्याक्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गर्नेछ वा भाडामा लिई प्रयोग गर्नेछ ।
ग. संस्थामा प्राप्त रकम बैंकमा जम्मा गरी बैंक खाता संञ्चालन गर्नेछ ।
घ. संस्थालाई आवश्यक पर्ने कर्मचारी नियुक्ति गर्ने तथा तिनको सेवाका शर्तहरू निर्धारण गर्नेछ ।
भोजपुर टक्सार शाक्य समाजको विधान र हाम्रो संस्कार पद्धति सम्बन्धमा समाजका पदाधिकारीहरूसँग सम्पर्क राख्न सक्नुहुनेछ ।