श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू,
जिल्ला प्रशासन कार्यालय,
मानभवन, ललितपुर।
विषयः– संस्था दर्ता बारे।
महोदय,
हामीले भोजपुर टक्सार शाक्य समाज ललितपुर गावि भमान राखी संस्था दर्ता ऐन २०३४ अनुसार दर्ता गरी गठन अनुरोध गई।
तपसिल
विवरण:
१) संस्थाको नाम: भोजपुर टक्सार शाक्य समाज, ललितपुर
२) संस्थाको उद्देश्यहरु:
क) भोजपुर जिल्लाको टक्सारबाट उपत्यकामा आई बसोबास गर्ने शाक्य वंशहरुमा भातृत्वको भावना जागृत गराई पारम्परिक सहयोगको भावना अभिवृद्धि गर्ने।
ख) मुनाफारहित जनहितकारी संस्था हुने।
ग) सदस्यहरुको जीवनमा आईपर्ने जन्मदेखि मरणसम्मका विभिन्न आपत्विपत्मा सहयोग गर्ने।
घ) बौद्ध धर्मअनुसार पालन गर्दै आएको धार्मिक, सांस्कृतिक र सामाजिक कार्यहरुलाई जीवन्त राखी न सदस्यहरुमा आइ पर्ने आपत्विपत्मा तन मन धनले सहयोगक गर्ने।
ङ) शाक्य समाजभित्र देखिन थालिएका विकृतिहरुलाई क्रमश समयसापेक्ष सुधार गर्दै लाने।
३) प्रबन्ध समितिका सदस्यहरूको नामावली:
|
क्र.स. |
नाम, थर |
ठेगाना |
पेसा |
|
१ |
बुद्धदाश शाक्य |
भोजपुर टक्सार हाल ल.पु. बडा नं १७ ग्वार्को, |
व्यापार |
|
२ |
मीम शाक्य |
भोजपुर टक्सार हाल: ल.पु, इमाडोल, |
नोकरी |
|
३ |
दानमान शाक्य |
भोजपुर टक्सार हाल: का.न.पा., नयाँ बानेश्वर |
नोकरी |
|
४ |
प्रदीप शाक्य |
भोजपुर टक्सार हाल का.म.पा., नयाँ बानेश्वर |
नोकरी |
|
५ |
मोहनराज शाक्य |
भोजपुर टक्सार हाल: का.म.पा., कोटेश्वर |
व्यापार |
|
६ |
लक्ष्मण उदास (शाक्य) |
भोजपुर टक्सार हाल: का.म.पा., नयाँ बानेश्वर |
समाजसेव |
|
७ |
लक्ष्मीज्योति शाक्य |
भोजपुर टक्सार हाल: का म. पा., वटु |
व्यापार |
|
८ |
कल्याण शास्य |
भोजपुर टक्सार हाल काठमाडौं, धापासी गा.बि.स. |
व्यापार |
|
९ |
ललिता शाक्य |
भोजपुर टक्सार हाल का.म.पा, कोटेश्वर |
व्यापार |
४) आर्थिक श्रोत : सदस्यता शुल्क रकम, कसैले स्वेच्छाले दिएको अनुदान रकम, (विदेशी संघसंस्थाबाट अनुदान लिने भए संस्थाले अर्थ मन्त्रालयको स्वीकृति लिने छ)।
५) संस्थाको कार्यालयको ठेगाना: ललितपुर उपमहानगरपालिका, वडा नं १५, सातदोबाट
मिति:....................
परिच्छेद २
उद्देश्य
(४) संस्थाको उद्देश्य :
क) भोजपुर जिल्लाको टक्सारबाट उपत्यकामा आई बसोबास गर्ने शाक्य वंशहरुमा मातृत्वको भावना जागृत गराइ पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्ने।
ख) मुनाफारहित जनहितकारी संस्था हुने
ग) सदस्यहरुको जीवनमा आइपर्ने जन्मदेखि मरणसम्मका विभिन्न आपत्विपत्मा सहयोग गर्ने ।
घ) बौद्ध धर्मअनुसार पालन गर्दै आएको धार्मिक, सांस्कृतिक र सामाजिक कार्यहरुलाई जीवन्त राखी सदस्यहरुमा आइ पर्ने आपतविपतमा तन-मन-धनले सहयोग गर्ने ।
ङ) शाक्य समाजभित्र देखिन थालिएका विकृतिहरुलाई क्रमशः समयसापेक्ष सुधार गर्दै लाने।
(५) संस्थाको उद्देश्य प्राप्त गर्न गरिने कामहरु: यस संस्थाको उपरोक्त उद्देश्य प्राप्त गर्न देहायका कामहरु गर्नेछ:
(क) संस्थाले प्रचलित नेपाल कानुन बमोजिम सम्बन्धित निकायबाट अनुमति वा इजाजत प्राप्त गरी मात्र उपरोक्त उद्देश्य कार्यान्वयन गर्नेछ, ।
(ख) संस्थालाई आवश्यक पर्ने भवन निर्माण गर्ने वा भाडामा वा लिजमा लिनेछ र कम्प्युटर, टेलिफोन, टाइपराइटर, फ्याम्स जस्ता कार्यालय सामान तथा सवारी साधन खरिद गर्नेछ वा भाडामा लिई प्रयोग गर्नेछ, ।
(ग) संस्थामा प्राप्त रकम बैंकमा जम्मा गरी बैंक खाता सञ्चलन गर्नेछ ।
(घ) संस्थालाई आवश्यक पर्न कर्मचारी नियुक्ति गर्ने तथा तिनको सेवाका सर्तहरु निर्धारण गर्नेछ ।
परिच्छेद ३
सदस्यता
(६) सदस्यताको वर्गीकरण :
साधारण सदस्य
मानार्थ सदस्य
आजीवन सदस्य
(७) सदस्यता प्राप्तिको लागि आंङ्गश्यक योग्यता :
(क) शाक्य कुलमा जन्म लिएको ।
(ख) सामाजिक सेवामा अभिरुचि भएको ।
(ग) १६ बर्ष उमेर पूरा गरेको।
(घ) चालचलन राम्रो भएको ।
(ङ) मगज नबिग्रेको ।
(च) दामासाहीमा नपरेको ।
(छ)बौद्ध धर्मअनुसारको आचरण र व्यवहार गरी आएको |
(ज) धारा ४ को उद्देश्य पालन गर्न तत्पर भएको ।
(८) संस्थाको सदस्य नियुक्ति हुने वा बहाल रहन नसक्ने अवस्था :-
(१) देहायका कुनै व्यक्ति संस्थाको सदस्य पदमा नियुक्ति हुन सक्ने छैन ।
(क) गैरनेपाली नागरिक र १६ वर्ष उमेर पूरा नगरेको,
(ख) मगज बिग्रेको वा बहुलाएको,
(ग) दामासाहीमा परेको,
(घ) कुनै प्रकारको चोरी, ठगी, किर्ते वा जालसाझी गरेको वा आफनो जिम्माको धनमाल अनधिकृत तवरले मासेको वा दुरुपयोग गरेको वा भ्रष्टाचार गरेको अभियोगमा अदालतबाट कसुरदार ठहरी सजाय पाई सजाय पाएको एक वर्षभित्र,
(ङ) सम्बन्धित संस्थाको व्यवसायमा निजी स्वार्थ भएको,
(च) सदस्यता शुल्क बुझाउन बाँकी भएको।
(९) देहायको अवस्थामा कुनै व्यक्ति संस्थाको सदस्यमा बहाल रहने छैन।
(क) दफा ८ को उप-दफा (१) बमोजिम सदस्य पदमा नियुक्ति हुन नसक्ने भएमा,
(ख) साधारण सभाबाट ७५ प्रतिशतको बहुमतले संस्थाको सदस्य पदबाट हटाउने प्रस्ताव पास गरेमा,
(ग) सदस्यले आफनो पदबाट दिएको राजिनामा स्वीकृत भएमा,
(घ) संस्थाको काम कारवाहीमा बेइमानी वा बदनियत गरेको कुरा अदालतबाट प्रमाणित भएमा,
(ङ) यस विधान बमोजिम संस्थाले गर्न नहुने भनी तोकिएको कुनै कार्य गरेमा,
कुनै व्यक्तिलाई संस्थाको सदस्यमा नियुक्ति हुन वा बहाल रहन अयोग्य ठहराउनुभन्दा अघि संस्थाले निजलाई सो कुराको सूचना दिई सफाइको सबुद पेस गर्ने मौका दिनुपर्नेछ ।
(१०) सदस्यता शुल्क र सदस्यता प्रदान गर्ने विधि:-
(क) यस संस्थाको साधारण र आजीवन सदस्य बन्न चाहने प्रत्येकले सदस्यताको लागि कार्यसमिति समक्ष निवेदन दिनु पर्नेछ । कार्यसमितिले सदस्यता प्रदान गर्ने निर्णय गरेमा प्रवेश शुल्क रु.५०/- वार्षिक सदस्यता शुल्क रु. १००/- संस्थालाई बुझाएपछि साधारण सदस्य बन्न सकिनेछ र एक मुष्ट रु.१२५०/- लिई आजीवन सदस्यता प्रदान गरिने छ ।
(ख) बौद्ध धर्ममा ख्याति प्राप्त गरेको र संस्थाको विधानअन्तर्गत रही सामाजिक सेवामा संलग्न हुन चाहने व्यक्तिलाई साधारण सभाको निर्णय बमोजिम मानार्थ सदस्यता प्रदान गर्न सकिने छ तर मानार्थ सदस्यलाई मताधिकार हुने छैन ।
(ग) कार्यसमितिको सिफारिसमा बौद्ध धर्मप्रति आस्था भएको र यस संस्थाको हितको निमित्त निरन्तर लागि परेका व्यक्तिहरुमध्ये बढीमा ५ जनालाई सल्लाहकारको रुपमा साधारण सभाबाट मनोनयन गर्न सकिनेछ ।
परिच्छेद ४
साधारण सभा तथा बैठक सम्बन्धी व्यवस्था
(११) साधारण-सभाको गठन: यस विधानको दफा १० अनुसार सदस्यता प्राप्त गर्ने मानार्थ सदस्यहरु बाहेक आमन्त्रित हुने छन् । साधारण सभा संस्थाको सर्वोच्च अङ्ग हुनेछ ।
(१)यस संस्थाको साधारण सभा देहाय बमोजिम हुनेछ:-
(क) वार्षिक साधारण-सभा
(ख) विशेष साधारण-सभा
(२) यस संस्थाको प्रथम वार्षिक साधारण सभा संस्थापन भएको आ.व. समाप्त भएको मितिले दुई महिना भित्रमा गरिनेछ र त्यसपछिका वार्षिक साधारण सभाहरु आर्थिक वर्ष समाप्त भएको मितिले दुई महिनाभित्र गरिनेछ ।
(३) यस संस्थाको वार्षिक साधारण सभा गर्नको लागि कम्तीमा १५ दिन अगावै र विशेष साधारण सभा गर्नका लागि कम्तीमा ७ दिन अगाबै सभा हुने ठाउँ, मिति, समय र छलफल गर्ने विषय खोली सवै साधारण, सदस्यलाई सूचना दिइनेछ ।
(४) उप्र-दफा (३) बमोजिम बोलाइएको, साधारणसभामा नियम १७ बमोजिमले गणपुरक संख्या नपुगि सभी हुन नसकेमा कम्तीमा ७ दिनको म्याद दिंई पुन साधारण सभा बोलाइनेछ ।
(१२) साधारण सभाको काम कर्तव्य र अधिकार:- साधारण सभाको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः।
(क) वार्षिक साधारण-सभामा वर्ष भरिमा भए गरेका आम्दानी खर्चको विवरणहरु कार्यसमितिले पेस गर्नेछ र त्यस विवरणमाथि छलफल गरी निर्णय गरिनेछ ।
(ख) साधारण-सभामा कार्य समितिको गठन सम्बन्धमा निर्णय गरिनेछ ।
(ग) प्रत्येक साधारण-सभामा कार्यकारी अध्यक्षले अध्यक्षता ग्रहण गर्नेछ। निज अध्यक्ष उपस्थित हुन असमर्थ भएमा निजको अनुपस्थितिमा उपाध्यक्षले अध्यक्षता ग्रहण गर्नेछ। निज उपाध्यक्ष पनि अनुपस्थिति भएमा उपस्थित सदस्यहरुमध्येबाट एकजना अध्यक्ष छानिनेछ ।
(घ) आवश्यक गणपूरक संख्यामा सदस्यहरु उपस्थित नभई सभाको कार्यक्रमहरु सञ्चालन गरिने छैन।
(ङ) साधारण-सभामा छलफल हुने विषयहरु प्रस्तावको रुपमा पेस गरिनेछ ।
(च) मतदान गरिएका प्रत्येक विषयहरुमा बहुमतको रायलाई सभाको निर्णय मानिनेछ तर मत हुँदा पक्ष र विपक्षमा मत बराबर भएमा अध्यक्षको मत निर्णायक हुनेछ ।
(छ) प्रत्येक सदस्यले एउटा मात्र मत दिन पाउनेछ ।
(ज) कुल सदस्य संख्याको ६० प्रतिशत सदस्यहरु उपस्थित भएमा सभाको गणपूरक संख्या पुगेको मानिनेछ।
(झ) वार्षिक साधारण-सभाको लागि १५ दिन अगावै र विशेष साधारण सभाको लागि ७ दिन अगावै समय, स्थान, र मिति तोकी प्रत्येक सदस्यहरुलाई सूचना दिइनेछ ।
परिच्छेद - ५
कार्यसमिति, पदाधिकारीको काम कर्तव्य र अधिकार
(१३) कार्यसमिति :
(क) कार्य समितिको नियुक्ति वार्षिक साधारण सभाबाट हुनेछ ।
तर, प्रथम वार्षिक साधारण सभा नभएसम्मको लागि निम्न बमोजिम अध्यक्ष तथा सदस्य रहेको कार्य समिति रहनेछ ।
(१) अध्यक्ष - एक
(२) उपाध्यक्ष - एक
(३) सचिव - एक
(४) सहायक सचिव - एक
(५) कोषाध्यक्ष - एक
(६) सदस्य - चार
(ख) यो संस्थालाई नियमित रुपमा व्यवस्थित किसिमले सञ्चालन गर्न बदिमा ११ जना र कम्तीमा ९ जनाको कार्य समिति हुनेछ ।
(ग) कार्य समितिको कार्यकाल २ वर्षको हुनेछ ।
(घ) वार्षिक साधारण सभा हुनुभन्दा अगावै कार्यसमितिको कुनै सदस्य पद रिक्त हुन आएमा बाँकी अवधिको लागि कार्यसमितिव्दारा उक्त रिक्त पद पूर्ति गर्न सकिनेछ। जुन सदस्य पद रिक्त भई नियुक्ति हुन आएको हो सो सदस्यको बाँकी कार्यकाल सम्मका लागि मात्र हुनेछ ।
(ड) कार्य समितिको बैठक आवश्यकतानुसार कार्य समितिको अध्यक्षले बोलाउनेछ । जम्मा सदस्यसंख्याको ५१ प्रतिशत सदस्यले माग गरेमा अध्यक्षले कार्य समितिको बैठक बोलाउनुपर्नेछ ।
(च) कार्य समितिको बैठकमा सदस्य स्वयं उपस्थित हुनु पर्नेछ
(छ) सदस्यहरुको जम्मा संख्याको कम्तीमा ५१ प्रतिशत सदस्यहरु उपस्थित नभई कार्य समितिको वैठक हुने छैन ।
(ज) कार्य समितिको वैठकको अध्यक्षता समितिको अध्यक्षले गर्नेछ। अध्यक्षको अनुपस्थितिमा बैठकमा उपस्थित सदस्यहरुले छानेको अध्यक्षले समितिको अध्यक्षता गर्नेछ ।
(झ) कार्य समितिको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिन सक्नेछ ।
(ञ) कार्य समितिको बैठकमा छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माइन्युट) छुट्टै किताबमा लेखी राख्नुपर्नेछ र सो निर्णय विवरणमा बैठकमा उपस्थित सम्पूर्ण सदस्यहरुको कम्तिमा ५१ प्रतिशतले सही गर्नुपर्नेछ ।
(ट) माथिका उपनियमहरुमा जुनसुकै कुरा लेखिएको भएतापनि कार्य समितिले गर्न पाउने कुनै कामको सम्बन्धमा कार्य समितिका सबै सदस्यहरु लिखित रुपमा सहमत भएमा त्यस्ता सहमतिलाई निर्णय पुस्तिकामा संलग्न गरी त्यस्तो काम बैठक विना पनि गर्न सकिनेछ ।
उपरोक्त बमोजिमको सहमतिलाई कार्य समितिको बैठकको निर्णय सरह मानिनेछ ।
(ठ) संस्थाले गर्ने भनिएको सम्पूर्ण कार्य कार्यसमितिको निर्णयबाट हुनेछ ।
(१४) पदत्याग गर्न सक्ने :- अध्यक्षले उपाध्यक्षमार्फत कार्य समिति समक्ष र उपाध्यक्ष तथा अन्य पदाधिकारीहरुले अध्यक्ष समक्ष राजिनामा दिई पद त्याग गर्न सक्नेछन् ।
(१५) अन्य समितिहरु : यस विधानको परिधि भित्र रहेर संस्थाको कार्यसंचालनको लागि कार्य समितिको आवश्यकता अनुसार अन्य समिति वा उप समिति गठन गर्न सक्नेछ। यसरी गठन भएका अन्य समिति वा उप-समितिहरुको काम कार्य समितिले तोकिदिए बमोजिम हुनेछ तर यस्ता समिति वा उपसमितिहरुका गठन साधारण सभाको बैठकच्दारा अनुमोदन गराउनु पर्नेछ।
परिच्छेद ६
(१६) काम, कर्तव्य र अधिकार:
क) अध्यक्ष:-
(क) संस्थाको बैठकको सभापतित्व गर्ने।
(ख) विभिन्न काममा भएको खर्चको स्वीकृति गर्ने ।
(ग) दैवी वा प्राकृक्तिक्क घटनाहरु घटी तत्काल कुनै संघसंस्था वा व्यक्तिलाई सहयोग गर्नुपर्ने भएमा सचिव वा कोषाध्यक्षसँग परामर्श गरी कार्य समितिबाट अनुमोदन गराउने गरी बढीमा रु. १०००/- (एक हजार) सम्म खर्च गर्ने।
(घ) साधारण सभाले तोकेका अन्य कार्यहरु गर्ने ।
ख) उपाध्यक्ष:-
(क) कार्य समितिद्वारा तोकेको र अध्यक्षले सुम्पिएको कार्यहरु गर्ने।
(ख) अध्यक्षको अनुपस्थितिमा अध्यक्षको कार्यभार सम्हाल्ने ।
ग) सचिव:-
(क) अध्यक्षसँग सल्लाह गरी साधारण सभा र कार्य समितिको बैठक बोलाउने र वार्षिक प्रतिवेदन तयार गर्ने ।
(ख) साधारण सभा र कार्य समितिको बैठकमा भएका निर्णयहरु निर्णय पुस्तिकामा लेख्ने ।
(ग) आवश्यक भएमा संस्थाको तर्फबाट विभिन्न संघ,संस्था,मन्त्रालय, विभाग, र कार्यालयहरुमा पत्रचार गर्ने।
(घ) संस्थासँग सम्बन्धित कागज पत्रहरु र संस्थाको छाप सुरक्षित राख्ने।
(ड) संस्थाको जिन्सी वा अन्य सर सामानहरुको सूची तयार गरी सुरक्षितसाथ राख्ने ।
(च) अध्यक्षको सल्लाहअनुसार कार्य समितिले तोकेका अन्य कार्यहरु गर्ने।
घ) सहायक सचिव
(क) सचिवको कार्यमा सहयोग गर्ने।
(ख) सचिव अनुपस्थित भएको बेला निजले गरिआएको सम्पूर्ण कार्यहरु गर्ने ।
ङ) कोषाध्यक्ष
(क) संस्थामा हुने आम्दानी खर्चको यथार्थ लेखा राख्ने।
(ख) अध्यक्ष वा सचिवको सल्लाहअनुसार कोषको सञ्चालन गर्ने ।
(ग) संस्थामा भएको आम्दानी खर्चको लेखापरीक्षण गराउने ।
(घ) मासिक वा बार्षिक आय व्ययसम्बन्धी विवरण कार्य समिति र वार्षिक साधारण-सभामा प्रतिवेदनसहित पेस गर्ने ।
(ङ) संस्थाको बैंक चेक बुक र पास बुक सुरक्षितसाथ राख्ने ।
च) सदस्यहरु
(क) नियमित रुपमा बैठकमा उपस्थित हुने ।
(ख) कार्य समिति वा साधारण सभाले तोकेको जिम्मेवारी बहन गर्ने।
समितिको दैनिक कार्य सञ्चालनको लागि वर्षमा कम्तिमा ४ पटक कार्य समितिको बैठक बस्नु अनिवार्य हुनेछ ।
( १७ गणपुरक संख्या:-
कुल सदस्य संख्याको ६० प्रतिशतको प्रतिनिधित्व हुने गरी साधारण सदस्यहरु उपस्थित नभई साधारण सभाको काम कारवाही हुने छैन।
तर विधानको दफा ११ को उपदफा (४) मा उल्लेख भए बमोजिम पुनः बोलाइएको साधारण सभामा कुल संस्थाक संख्याको ५१ प्रतिशत प्रतिनिधित्व हुने गरी उपस्थित भएमा सभा गर्न बाधा पर्ने छैन।
परिच्छेद ६
(१८) संस्थाको कोष:- (१) संस्थाको आफ्नो एयटा छुट्टै कोष हुनेछ र सो कोषमा देहाय बमोजिम प्राप्त रकमहरु रहने छन् ।
(क) सदस्यता शुल्क बापत प्राप्त रकम,
(ख) कसैले स्वेच्छाले दिएको अनुदान रकम
(२) विदेशी संघ संस्थाबाट अनुदान रकम लिने भए संस्थाले अर्थ मन्त्रालयको स्वीकृति लिनेछ ।
(१९) खाता संचालन
संस्थाको अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट खाता संचालन हुनेछ। प्रचलित ऐन नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता राख्ने व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरिनेछ ।
(२०) कोषको रकम खर्च गर्ने तरीका:-
संस्थाको कोषमा जम्मा भएको रकम खर्च गर्दा देहाय बमोजिमको तरीका अपनाई खर्च गरिनेछ ।
(क) जुन कामको लागि खर्च गरिने हो त्यो कामको उद्देश्य पहिले स्पष्ट गरिनेछ ।
(ख) खर्च गर्नु भन्दा पहिले संचालक समितिले निर्णय गर्नेछ।
(ग) भएको खर्च साधारण सभाबाट समर्थन हुनुपर्नेछ।
२१) लेखा र लेखापरीक्षण:-
(१) संस्थाको आय व्ययको लेखा प्रचलित कानून बमोजिम राखिनेछ |
(२) सस्थाको लेखापरीक्षण प्रचलित कानून बमोजिम रजिष्टर्ड लेखा परीक्षकबाट हुनेछ।
(३) श्री ५ को सरकार वा स्थानीय अधिकारीले चाहेमा जुनसुकै बखत पनि संस्थाको हिसाबकिताब जाँच्न वा जचाउन सक्नेछ ।
(४) लेखापरीक्षकको नियुक्ति वार्षिक साधारणसभाबाट हुनेछ ।
तर प्रथम वार्षिक साधारणसभा नभएसम्म लेखापरीक्षकको नियुक्ति कार्य समितिबाट हुनेछ ।
परिच्छेद ७
निर्वाचन
(२२) निर्वाचन सम्बन्धी व्यवस्था:-
परिच्छेद ४ दफा ११ को उपदफा (२) बमोजिम साधारण सभा गरी विधानअनुसार पहिलो निर्वाचन गरिनेछ ।
उम्मेदवारीको लागि देहायको योग्यता पुगेका सदस्यहरु योग्य हुनेछन् । निर्वाचन प्रत्येक २ वर्षमा एकपटक हुनेछ ।
निर्वाचन साधारण सभाले निर्णय गरेअनुसार खुल्ला वा गोप्य मतदानद्वारा हुनेछ ।
(क) उम्मेदवार हुनको लागि कुनै एकजनाले प्रस्ताव गरी अर्को दुईजनाले समर्थन गरेको हुनुपर्छ ।
(ख) उम्मेदवार हुने व्यक्तिले संस्थालाई बुझाउनु पर्ने सबै शुल्क बुझाइ सकेको हुनुपर्छ ।
(ग) दफा ७ को योग्यता पुगेको हुनुपर्छ ।
(२३) उम्मेदवार हुने योग्यता:- दफा ७ मा उल्लेख भएबमोजिम योग्यता पुगेको हुनु पर्नेछ ।
(२४) अविश्वासको प्रस्ताव:-
कार्यसमितिको कुनै पनि पदाधिकारीले यो संस्थाको विधान तथा उद्देश्य विपरीत कार्य गरी संस्थालाई हानि-नोक्सानी पुर्याएमा वा पुर्याउन खोजेको सबुतप्रमाण भएमा साधारण सदस्यको १/३ सदस्यहरुले लिखित निवेदनसहित कार्यसमिति समक्ष अविश्वासको प्रस्ताव पेस भई साधारण सभाले निर्णय गरेमा हटाउन सकिनेछ तर सफाइको मौकाब।ट बञ्चित गरिने छैन।
(२४) विधान संशोधन:-
कुल सदस्य संख्याको दुई तिहाई सदस्यहरुले अनुमोदन गरेपश्चात् मात्र संस्थाको कुनै दफा संशोधन वा खारेजका लागि स्थानीय अधिकारी समक्ष सिफारिस गरी पठाउनु पर्नेछ। स्थानीय अधिकारीबाट स्वीकृति भएपश्चात् मात्र संस्थाको कुनै दफा संशोधन वा खारेज भएको मानिनेछ।
२५. विनियम बनाउन सक्ने
यो संस्थालाई अझ सुव्यवस्थित रुपले सञ्चालन गर्न आवश्यक भएमा यो विधानको अधीनमा रही कार्य समितिले विनियम बनाउन सकिनेछ र सो को जानकारी स्थानीय अधिकारीलाई दिनुपर्नेछ ।
(२६) कर्मचारीको व्यवस्था:-
(क) संस्थाको दैनिक कार्यसंचालन योजना तथा कार्यक्रम संचालनको लागि कर्मचारीको दरबन्दी सृजना, पारिश्रमिक, भत्ता तथा अन्य सुविधा र कर्मचारीहरुको सेवा सर्तहरु अपनाउनु पर्ने कार्यविधि तोकिए बमर्मोजिम हुनेछ ।
(ख) संस्थाले विदेशी सहयोग प्राप्त गरी संस्थाको संचालन गर्ने कार्यक्रममा विदेशी सल्लाहकार वा स्वयंसेवक राख्ने। अवस्था भएमा निजले काम गर्ने अवधि, पु-याउने सेवा, त्यसको औचित्य, सुविधा र निजको योग्यता समेतको विवरण स्थानीय अधिकारी, जिल्ला विकास समिति र समाज कल्याण परिषद्मा समेत पेस गरिनेछ ।
(२७) तदर्थ समिति:-
यो संस्था स्थापना गरी दर्ता गराउनको लागि गठित तदर्थ समितिले ६ महिनाभित्र विधानअनुसारको निर्वाचन कार्य गरनका लागि समितिको गठन गर्नु पर्नेछ। सो अवधिमा, कार्य समितिले गरेका कामहरु यसै विधानअनुसार भएको मानिनेछ ।
(२८) संस्था खारेजी:-
(१) साधारण सभाले आवश्यक देखेमा विशेष प्रस्ताव पारित गरी संस्था खारेज गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम खारेजीको प्रस्ताव पारित गर्दा साधारण सभाले खारेजीको कामका लागि एक वा एक भन्दा बढी लिक्विडेटरहरु र संस्थाको हिसाबकिताब जाँच गर्नका लागि एक वा एकभन्दा बढी लेखा परीक्षकहरु नियुक्त गर्न सक्नेछन् । लिक्विडेटर र लेखापरीक्षकहरुको पारिश्रमिक साधारण सभाले तोकिदिए बमोजिम हुनेछ ।
(३) उपनियम (२) बमोजिम नियुक्त लिक्विडेटर तथा लेखापरिक्षकले संस्था खारेजी सम्बन्धी काम कारवाही गर्नेछन् ।
(२९) व्याख्या:- यो विधान वा विधानअन्तर्गत बनेको नियम विनियमको व्याख्या गर्ने अधिकार कार्य समितिलाई हुनेछ ।
(३०) कार्य समितिका पदाधिकारीहरु र सदस्यहरुले पालना गर्नुपर्ने:- यस संस्थाको कुनै पनि पदाधिकारी वा सदस्यले संस्थाको अहित हुने कार्य गर्नु हुँदैन। कार्य समितिका पदाधिकारीहरु वा साधारण सभाका सदस्यहरुको बैठकमा सधारण सभामा असभ्य र अश्लिल शब्दको प्रयोग गर्न पाइने छैन।
(३१) ऐन अनुसार हुने :- यस विधानमा उल्लेख नभएका कुराहरु प्रचलित कानुनबमोजिम हुनेछ र संस्था दर्ता ऐन, नियम र प्रचलित कानुनसँग बाझिन गएका कुराहरु स्वतः निष्कृय हुनेछन् ।
(३२) निर्देशनको पालना:- श्री ५ को सरकार वा स्थानीय अधिकारीले समय समयमा दिएको निर्देशनको पालना गर्नु संस्थाको कर्तव्य हुनेछ ।
(३३) विविध
(३४) हामी भोजपुर टक्सार शाक्य समाजका निम्न संस्थापकहरु यस विधानबमोजिम कार्य गर्न मञ्जुर भई निम्न साक्षीको रोहबरमा विधानमा सहीछाप गर्दछौं।
संस्थापकको नाम, घर, ठेगाना
१. नाम, थर :- बुद्धदाश शाक्य
ठेगाना ले. पु. १७ जिल्ला ग्वार्को
नगरपालिका / गा.वि.स. वडा नं.१७ ब्लक नं...
२. नाम, थर:- मीम शाक्य
ठेगाना इमाडोल जिल्ला ललितपुर
नगरपालिका / गा.वि.स. वडा नं. ३ व्लक नं...
साँक्षीको नाम, थर, ठेगाना
नाम, थर:-
ठेगाना लितपुर जिल्ला सातदोबाटो (भोजपुर टक्सार)
नगरपालिका/गा.वि.स. वडा नं. ब्लक नं.
नाम, घर:- नन्दराज शाक्य
ठेगाना ललितपुर जिल्ला लगनखेल (भोजपुर टक्सार)
नगरपालिका/गा.वि.स. वडा नं. व्लक नं.
३. नाम, थर:- दानमान शाक्य
ठेगाना:- काठमाडौं जिल्ला:- का.म.न.पा.
नगरपालिका/ गा.वि.स. वडा नं. ३४ ब्लंक नं.
नाम, थर :- सुदर्शन शाक्य
ठेगाना:- ग्वाको जिल्ला ललितपुर
नगरपालिका /गा.वि.सं.वडा नं. ब्लंक नं.
४ . नाम, थर :- प्रदीप शाक्य
ठेगाना:- नयाँ बानेश्वर
जिल्ला:- का.म.न.पा.

नाम, थर:- दर्शना शाक्य
ठेगाना:- ग्वाको
जिल्ला ललितपुर
नगरपालिका /गा.वि.सं.वडा नं. ब्लंक नं.
५. नाम, थर:- मोहनराज शाक्य
ठेगाना:- काठमाडौं
जिल्ला:- का.म.न.पा.
नगरपालिका/गा.वि.स. वडा नं. ३५ ब्लक नं.
नाम, थर :- अमर लाल शाक्य
ठेगाना:- नयाँ बानेश्वर
जिल्ला:- काठमाडौं
नगरपालिका/ गा.वि.स. वडा नं. ब्लंक नं.
६. नाम, थर:- लक्ष्मण उदास (शाक्य)
ठेगाना: - नयाँ बानेश्वर
जिल्ला: - काठमाडौं
नगरपालिका/ गा.वि.स. वडा नं. ३४ ब्लंक नं १३
नाम, थर:-
ठेगाना:-
जिल्ला:-
नगरपालिका / गा.बि.स. वडा नं. ब्लक नं
७. नाम, थर:- लक्ष्मीज्योति शाक्य
ठेगाना:- का.म.न.पा,
जिल्ला:-
नगरपालिका/गा.वि.स. वडा नं. १२ ब्लक नं.
नाम, थर:-
ठेगाना:-
जिल्ला:-
नगरपालिका/गा.वि.स. वडा नं ब्लक नं.
८. नाम, थर:- कल्याण रत्न शास्य
ठेगाना:- टक्सार
जिल्ला:- भोजपुर
नगरपालिका / गा.वि.स. वडा नं ५ ब्लक नं...
९. नाम, थर:- ललिता शाक्य
ठेगाना:- कोटेश्वर
जिल्ला:- काठमाडौं
नगरपालिका/गा.वि.स. वडा नं ३५ ब्लक नं.
|
साविक विधानको व्यवस्था |
संशोधन हुन पर्ने व्यवस्था |
संशोधन हुन पर्ने औचित्य |
कार्य समितिको काम, कर्तव्य र अधिकार छुट हुन गएको।
विधानमा उल्लेख नभएको
संस्थाको अध्यक्ष र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट खाता संचालन हुनेछ ।
प्रचलित ऐन, नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता राख्ने व्यवस्था मिलाउनु पर्ने ब्यवस्था गरिने छ ।
उल्लेख नभएको ।
संस्थाको साधारण र आजीवन सदस्य वन्न कार्य समिति समक्ष निवेदन दिनु पनेछ|
कार्य समितिले सदस्यता प्रदान गर्ने निर्णय गरेमा प्रवेश शुल्क रु ५०|-, वार्षिक शुल्क रु १००|- संस्थालाइ बुझाएमा साधारण सदस्य वन्न सकिनेछ र एकमुष्ट रु १२५०|- लिई आजीवन सदस्य प्रदान गरिने छ |
संस्थाको उद्देश्य प्राप्त गरिने कामहरूमा संस्थाको लागि आवश्यक भवन निर्माण गर्न जग्गा खरिद बिक्रीको ब्यवश्था नभएको । |
कार्य समितिको काम, कर्तव्य र अधिकार:
(१) साधारण सभाबाट पारित निर्णयहरू कार्यान्वयन गर्ने गराउने।
(२) समाजको दैनिक कार्य संचालन गर्ने गराउने।
(३) समाजको नाममा चल–अचल सम्पत्ति प्राप्त गर्ने, संरक्षण गर्ने र उपयोग गर्ने।
(४) निर्वाचन समितिको गठन गर्ने।
(५) आवश्यकतानुसार समिति र उपसमिति गठन गरी आवश्यक अधिकार प्रत्यायोजन गर्ने।
(६) यस विधान अन्तर्गत गरी नियम, विनियम बनाउने।
(७) स्वदेशी, विदेशी, संघ–संस्था तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय सभा, सम्मेलन, गोष्ठी, बैठक, तालिम भ्रमण आदीमा भाग लिन प्रतिनिधि पठाउने।
(८) समाजको दैनिक कार्य संचालनका लागि आवश्यक कर्मचारीको नियुक्ति गर्ने।
(९) कार्य समितिको कुनै पदाधिकारीको पद कुनै कारणबाट रिक्त हुन आएमा बाँकी पदावधि सम्मका लागि कार्य समितिका सदस्यहरु मध्येबाट र सदस्यको पद रिक्त भएमा साधारण सदस्य मध्येबाट रिक्त पद पूर्ति गर्ने ।
(१०) समाजको विधानमा उल्लेखित कार्यक्रमहरु तय गरी कार्यान्वयन गर्ने गराउने ।
(११) समाज संग सम्बन्धित तथा संस्थाको उद्देश्य पूरा गर्न आबश्यक सम्पूर्ण कार्य गर्ने ।
(१२) विवाहित छोरी चेलीको हकमा शाक्य वंशको कुल परिवारमा जन्म भै अन्तर्जातीय वैवाहिक सम्बन्ध कायम भएमा शाक्य कुल पुत्रीको हैसियतले सम्वन्धित छोरी चेलीलाई निजको श्रीमान वा नीज नभए सगोल परिवारको जेठो पाकोको लिखित अनुमती पत्र सहित निवेदन पेश गरेमा विधानत निजलाई सदस्यता प्रदान गर्न सकिने छ ।
(१३) उपदफा (झ) बमोजिम अन्तर्जातीय विवाह भै जायजन्म भएका सन्तानको हकमा निजका सन्तानहरुले वौद्ध शासन अनुसार कुनै विहारमा अल्पकालीन वा दीर्घकालीन प्रवज्या दीक्षा प्राप्त गरी सगोलमा बसी आमाको पालन पोषण गरी वौद्ध संस्कार अनुरुप व्यवहार गर्दै आएको भए आमाको शेष पछि निज सन्तानहरुले लिखित निवेदन पेश गरेमा सदस्यता प्रदान गर्न सकिनेछ ।
(१४) संस्थाको अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त दस्तखत मध्ये कुनै दुई जनाको दस्तखतबाट खाता संचालन हुनेछ ।
(१५) तर कोषाध्यक्षको दस्तखत अनिवार्य हुनेछ । प्रचलित ऐन नियम अनुसार खर्च गर्ने तथा खर्चको श्रेस्ता राख्ने ब्यवस्था मिलाउनुपर्ने ब्यवस्था गरिनेछ ।
(१६) समाजको कुनै निश्चित उद्देश्य प्राप्तिको लागि दिइएको दान र दातब्य रकम सम्वन्धी खाता संचालन गर्दा अध्यक्ष, कोषाध्यक्ष र दाता समेतको संयुक्त दस्तखतबाट संचालन गर्ने ।
(१७) समाजमा नयाँ वन्न आउने सदस्यहरूलाइ एकमुष्ट रु २५००|- लिई आजीवन सदस्य प्रदान गर्ने ।
(१८) संस्थामा आबद्ध सदस्यहरू बृद्धी हुँदै गएकोले आफनै संस्थाको भवन आवश्यक महशुस भएकाेले दफा ड. थप गरि संस्थालाई आवश्यक पर्ने भवन निमार्णको लागि उपयूक्त स्थानमा जग्गा खरिद तथा बिक्री गर्न सक्नेछ । |
विधानमा कार्य समिति गठनको उल्लेख भएको तर काम, कर्तब्य र अधिकार छुट हुन गएकोले थप गरिएको ।
समसामयीक परिस्थितीलाई मध्य नजर राख्दै कार्य क्षेत्र बृहत बनाउन र संस्थाको उद्देश्य प्राप्त गर्न ।
कार्य सम्पादनलाई सहज र सुलभ बनाउन ।
दाताहरुबाट समाजलाई प्राप्त हुने दान दातब्य रकम दाताहरुको इच्छा अनुसार संस्थाको उद्देश्य प्राप्तिमा खर्च गर्न ।
समाज श्थापनाकाल देखि हाल सम्म सदस्यता शुल्क बृद्धी नभएकोले समय सापेक्ष संशोधन गर्न उपयुक्त देखिएको |
संस्थामा आबद्ध सदस्यहरू बृद्धी हुँदै गएकाे एवं समय सापेक्ष संस्थाको भवन आवश्यक महशुस भएकाेले दफा ड. थप गरिएकाे । |